Monday, April 21, 2025

प्रमुख जिल्ला अधिकारी यादवद्वारा कटहरीयामा बिज्ञान प्रयोग शालाको उद्घाटन

पछिल्लाे समाचार


रौतहट ,१६ असोज //
कटहरीया नगरपालिका वडा नं ५ स्थित श्री जनता माध्यमिक विद्यालय कटहरियामा बिज्ञान प्रयोग शालाको उद्घाटन गरिएको छ ।
कवेस्ट फर्माच्टियुकल प्रा.ली.बिरगंज को आर्थिक तथा प्राविधिक सहयोगमा रु.८ लाख बराबर को लागतमा निर्मित विज्ञान प्रयोगशालाको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले उद्घाटन तथा हस्तान्तरण गरेका हुन् ।
पढाई भन्दा सिकाई र सिकाईको लागि प्रयोगात्म बिधिको अहम भूमिका रहेकोले र आधुनिक समयमा विज्ञानको अति आवश्यक रहेकोले केन्द्रीत भई प्रविधिक प्रयोगसाला स्थापना गरिएको यादवले जानकारी दिएका छन्।
शुक्रबार श्री जनता माध्यमिक विद्यालय कटहरियाको प्राङ्गणमा आयोजित उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी यादवले नेपाल सरकार माध्यमिक शिक्षालाई अनिवार्य र नि:शुल्क शिक्षाबाट कोहि पनि बन्चित हुन न परोस् भने उदेश्यमा सबैले साथ दिनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव ,प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाहा ,कटहरिया बहुमुखी क्याम्पसका प्रमुख गजेन्द्र प्रसाद यादव लगाएतको उपस्थिति रहेको सोही विद्यालयका शिक्षक अजय यादव जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु