रौतहट ,४ कार्तिक //
वेमौसमी बर्षाका कारण रौतहटका अधिकास सडक हिलाम्मे भएको छ।
अहिले जिल्लाका अधिकांस सडकमा हिलोका कारण सवारी गुड्न सक्ने अवस्थामा समेत छैन। जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका अधिकांश सडक जोखिमपूर्ण छ।
जिल्लाको झाझ पुल देखी कटहरिया हुदै जंगलसहिया सम्म जानेबाटो झाझपुल देखी कटहरिया सम्मको सडक बिगत लामो समय देखी जिर्ण रहेको भएपनि त्यस तर्फ सम्बन्धीत निकायको ध्यान जान सकेको छैन् ।
सो सडकको चार किलोमिटर सडक निर्माणका लागि ठेक्का लागेको भएपनि ठेकेदारले समयमा काम नगरेका कारण दुई दिनको बर्षाले सडक हिलाम्मे भएको छ ।
हिलाम्मे सडकमा सवारी गुड्ने त परैजावस पैदल हिड्न समेत समस्या भएको स्थानीयको गुनासो छ।
जिल्लाको चन्द्रनिगाहपुर गौर रोडबाट दयाबाया जाने अधिकास सडकको हालत नाजुक रहेको स्थानीयहरुले बताएका छन्।
रौतहटका अधिकास सडक बर्षामा हिलाम्मे र हिउदमा धुलाम्मे हुने गरेको कारण सडक छेउका बासिन्दामा बिभिन्न रोगको प्रखोप बढेको गरुडाका व्यापारी हरु बताउछन।