Sunday, May 26, 2024

बसले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु ,दुई जना घाइते

पछिल्लाे समाचार


सप्तरी,२४ असोज //
सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल सवार एक महिलाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्।
गएराती खडक नगरपालिका–६ इन्द्रचौतारी चौकमा पूर्वतर्फ आउँदै गरेको प्र २–०१–००१ प ०३३४ नम्वरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका–९ सर्पाकी ३० वर्षीया गुल्लु खातुन रहेकी छिन्।

दुर्घटनामा घाइते भएकी खातुनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताएका छन् ।

मोटरसाइकल चालक मृतकका पति ३२ वर्षीय कुदरुस र ५ वर्षीय छोरा मोसमद घाइते भएका छन्।

घाइते दुवै जनाको उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ।
बस र चालक दोलखाको कालिन्चोक गाउँपालिका–४ बञ्चरेका ३३ वर्षीय नेत्रबहादुर थामीलाइ नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु