Monday, June 24, 2024

बाराबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

पछिल्लाे समाचार


बारा,२५ असोज //
बाराबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण मोतीहारी सिसुवा बस्ने २९ वर्षीय मुन्ना कुमार र ३५ वर्षीय मुनिलाल कुमार रहेका छन् ।
इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित वीरगञ्ज–पथलैया सडकखण्डमा चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौँ जान आएको ना.६ ख ६३७७ नम्बरको यात्रुवाहक बस जाँच गर्दा डस्नाभित्र लुकाई ल्याइएको लागुऔषध डाइजेपाम ६ सय पिस, फेनारगन ६ सय र नुर्फिम ६ सय गरी १८ सय थान लागुऔषध बरामद गरिएको बाराका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिएका छन्।
घटनाबारे थप अनुसन्धान भैरहेको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु