Monday, June 24, 2024

बाल्टीनमा भरेको पानीमा डुबेर बालिकाको मृत्यु

पछिल्लाे समाचार


बारा,१९ असोज//
बाल्टीनमा भरेर राखेको पानीमा डुबेर बारामा एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुर टोल का मैनोदिन मियाँकी दुई वर्षीया छोरी आयशा खातुन रहेकी छन्।
अभिभावकको असावधानीका कारण ठूलो बाल्टीमा भरेर राखेको पानीमा बालिका डुवेको हुन सक्ने प्रहरीको भनाइ छ ।
बालिकालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि कलैया अस्पताल लगिएको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु