Sunday, May 26, 2024
No menu items!

बिहीबारदेखि बेपत्ता भएका वृद्धको शव फेला

पछिल्लाे समाचार


धनुषा,२५ असोज //
धनुषामा बिहीबारदेखि बेपत्ता भएका वृद्धको शव फेला परेका छ ।
सोमबार जिल्लाको कमल नगरपालिका वडा नम्बर ३ बस्ने ५५ वर्षीय नागेश्वर साहको शव गाउँकै नहर नजिकको कल्भर्टमा फेला परेको प्रहरीले जनाएको छ।
यही असोज २१ गते (बिहीबार) साँझ श्रीमतीसँगै लगमा बजार गएका साह बेपत्ता भएका थिए ।
उनलाई खोज्ने क्रममा आज उनको शव फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रबीन मैनालीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार साह मदिरा सेवनकर्ता थिए ।
मादक पदार्थ खाएको बेला कल्भर्टमा लडेको र सोही क्रममा उनको मृत्यु भएको प्रहरीको आशंका रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको मैनालीले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु