Thursday, June 13, 2024

बोक्सी को आरोप लगाई मलमुत्र खुवाएर कुटपिट गर्ने चार जना पक्राउ

पछिल्लाे समाचार


महोत्तरी,१ कतिक //
महोत्तरीमा बोक्सी को निहुमा एक महिलालाई मलमुत्र खुवाएर कुटपिट गरी कपाल काटेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिकिन्दर महतो, उनकी श्रीमती ३२ वर्षिया पुरनी देवी महत्तो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महत्तो र २० वर्षीय अनिल महतो रहेका छन् ।
घटनास्थलबाट पीडितलाई बांध्न प्रयोग भएको नाईलनको डोरी, पीडितको काटिएको अबस्थाको कपालका टुक्राहरू, मलमुत्र खुवाउन प्रयोग गरेको प्लाष्टिकको ग्लास र बियरको बोतल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुकमरिया देवीलाई देख्ने बितिकै सिकिन्दर महत्तोकी १३ वर्षीया छोरी काजल कुमारी रुन थालिन् ।
सोहि बेला सिकिन्दर समेतले निज सुकमरिया देवीलाई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाई कपाल समेत काटेर अपमानजनक व्यवहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु