Wednesday, February 18, 2026

भन्सार छली गरी ल्‍याएको सामानहरुसहित ट्रक नियन्त्रणमा

पछिल्लाे समाचार


पर्सा ,१६ भदौ //
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका-१४ स्थित गण्डकचोकबाट भन्सार छली गरी ल्‍याएको खुद्रा सामानहरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट मकवानपुरको हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१–ख ०३३० नम्बरको मालवाहक ट्रक शुक्रबार दिउँसो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिएको छ। ट्रकमा करिब ३० लाख रूपैयाँ बराबरको सामान रहेको उनले बताएका छन् ।
ट्रक चालक भने फरार भएको र ट्रक थप अनुसन्धानका लागि शुक्रबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु