रौतहट , १३ कात्तिक //
रौतहटमा शुक्रबार साँझ डा. सिके राउतको नेतृत्वको जनमत पार्टीले भष्ट्रचार विरुद्ध प्रदर्शन गरेको छ ।
जिल्लाको सदरमुकाम गौर स्थित विपि चोकमा निकालेको मसाल जुलुसमा प्रदर्शनकारी र प्रहरी बिच घमसाघमसी समेत भएको थियो। जसमा परि पार्टीका केहि कार्यकर्ताहरु घाइते भएका छन् ।
पार्टीका केन्द्रीय कार्यकारी समितिले घोषणा गरेको सताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत हिजो रौतहटमा पार्टीका नेता तथा कार्यकर्ताहरुले मशाल जुलुस र्याली प्रदर्शन गरेका थिए ।
रौतहटमा प्रहरीको हत्क्षेप भएपनि आन्दोलन सफल पारेकाे युवा जनमत पार्टिका जिल्ला अध्यक्ष ज्वाला रणवीर(विवेक) ले बताएका छन् ।
भष्ट्रचार र भष्ट्रचारीलाई तह लगाउन जनमत पार्टिले अझै कार्यक्रमको आयोजना गर्ने पार्टिका केन्द्रीय सदस्य ललित कुमारले जनाएका छन्।
प्रदेश सरकार कुर्सी छोर, जनमत पार्टी जिन्दावाद, जनकारवाही जिन्दावाद, जनता राज जिन्दावाद, नेता राज मुर्दावाद, अत्याचारी सरकार मुर्दावाद, प्रदेश सरकार मुर्दावाद ,भ्रष्टाचार इन्जिनियर राजिनामा दे, डा. सि. के राउत जिन्दावाद, हाम्रो माग पूरा गर, लाउड स्पिकर हर्न छाप जिन्दावाद लगायतका नाराहरु लगाउदै पार्टीका नेता तथा कार्यकर्ताहरुले जिल्लाको सदरमुकाम गौरको विपि चोकमा पैदल मशाल जुलुस निकाली र्याली प्रदर्शन गरेका थिए।
गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई पार्टीका कार्यकताहरू लगायत स्थानिय जनता जर्नादनहरुले हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले जनमत पार्टीका १७ जना नेता तथा कार्यकर्ता विरुद्ध मुद्दा चलाएको थियो ।