Monday, February 26, 2024

भारतिय रुपैया सहित एक जना पक्राउ

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

रौतहट ५ कार्तिक / रौतहटमा प्रहरीले भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन ।
बिहिवार दिउँसो सिमा प्रहरी चौकी बन्जरहावाट खटिएको प्रहरीको गस्ती टोलीले ईशनाथ नगरपालिका वडा नं.१ बन्जरहा स्थित बकैया खोलाको बाँधमा चेकजाँच गर्ने क्रममा भारतिय रुपैया बरामद गरेको हो ।
भारतबाट नेपाल तर्फ आउदै गरेको भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पंचायत वेलवाघाट वडा नं. ५ वस्ने वर्ष २२ का सुशिल कुमार साहलाई चेकजाँच गर्दा उनले बोकेको झोलाबाट एक लाख असी हजार भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु