Thursday, September 12, 2024

भारतीय सवारीले नेपाल प्रवेश पाएसँगै व्यापारीहरु खुसी

पछिल्लाे समाचार


पर्सा ,१६ असोज //
पर्सा जिल्ला अन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीहरु खुसी भएका छन्।
यही असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय कार्यान्वयनमा आएसँगै व्यापारीहरु मा खुसी छाएको हो ।
कोरोना माहामारिका कारण अत्यावश्यकबाहेक अन्य भारतीय सवारी साधनलाई लामो समयदेखि नेपाल प्रवेशमा रोक लगाएको थियो।
कोभिड–१९ का कारण लामो समयदेखि नेपाल र भारत दुवै देशमा व्यावसायिक कारोबार प्रभावित बनेको थियो ।
भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसाय क्षेत्र फस्टाउनेमा आशा पलाएको नेपाल भारत सहयोग मंचको केन्द्रीय अध्यक्ष एवम् बरिष्ठ उधोगी समाजसेवी अशोक कुमार बैधले बताएका छन्।
रक्सौल नाकाबाट भारतीय निजी सवारी साधनले नेपालमा आवागमन पाएपछि दुवै देशका व्यवसायी थप उत्साही बनेको होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु