Thursday, September 12, 2024

भुमिहिनहरुको चन्द्रपुरमा प्रर्दशन

पछिल्लाे समाचार

रौतहट १६ असोज / भुमि अधिकार मन्चले शनिवार चन्द्रपुरमा र्याली तथा कोण सभाको आयोजना गरेको छ ।
सयौ भुमिहीन किसानहरुले चन्द्रपुर बजार देखि मेनचोक सम्म र्यालि निकालेका थिए ।
भुमि अधिकार र छलफलको लागि भन्दै चन्द्रपुरमा कार्यक्रमको आयोजना गरिएको भुमिहिन तथा दलित समुदायका अगुवा बिनोद माझीले बताएका छन ।
भुमिहिन सुकुम्बासीहरुले भुमि पाउनु पर्ने माग सहित चन्द्रनिगाहपुर बजारबाट नाराबाजीसहित नगर को मुख्य बजार क्षेत्र परिक्रमा गरिका हुन ।
प्रदर्शनमा उत्रेका भुमिहिन सुकुम्बासीहरुले भुमि समस्या समाधान गर , जबरजस्ति उठीवास बन्द गर , खेतीयोग्य जमिन फिर्ता गर , भुमि अधिकार मञ्च जिन्दावाद लगायतका नाराहरु लगाउदै उनीहरुले प्रदर्शन गरेका थिए ।
भुमिहिन सुकुम्बासीहरुको मागको सम्बोधन हुने गरि केपी ओली सरकारले निर्माण गरेको सुकुम्बासी आयोग खारेज गरि पुन केही समयपछि आयोग पुन गठन गरेर सुकुम्बासीहरुले पाउनु पर्ने लालपुर्जाको प्रक्रियालाई नै निस्क्रिय बनाउने काम देउवा सकारले गरेकोमा सुकुम्बासीहरुले आक्रोस पोखेका थिए ।
भुमिहिन सुकुम्बासीहरु सार्वजनिक जग्गामा बस्दै आएकोले सरकारले मानव सहितको चुरे संरक्षणको निति ल्याई सुकुम्बासीहरुलाई भुमि उपलब्ध गराउनु पर्नेमा भुमि अधिकार मञ्च रौतहका अध्यक्ष चन्द्र बहादुर थिङ्गले बताए ।
कार्यक्रममा भुमि अधिकार मञ्च रौतहका कोषाध्यक्ष सुन्द्रि माया जिम्बा,  सचिव मोहन पासावान, सदस्य बिनोद माझीले आफ्नो धारण राखेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु