Monday, June 24, 2024

महोत्तरीबाट अवैध नेपाली रुपैयाँ सहित २ जना पक्राउ

पछिल्लाे समाचार


महोत्तरी ,२५ असोज //

महोत्तरीको जलेश्वर नगरपालिका–८ बज्राहीस्थित सडकबाट स्रोत नखुलेको १० लाखभन्दा बढी नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मनराशिश्वा नगरपालिका ५ कटैया बस्ने ३४ वर्षीय दीपेन्द्र कुमार साह र भंगाहा नगरपालिका–७ बस्ने १८ वर्षीय किशोरी रहेका छन् ।

शुक्रवार दिउँसो २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा अनटेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरू को साथबाट स्रोत नखुलेको १० लाख ४ हजार ५ सय नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद नगद सहित उनीहरु लाई आवश्यक कार्यवाहीको लागि भन्सार कार्यालय भिठ्ठामोडमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु