Sunday, May 26, 2024

महोत्तरीमा दुईजनालाई बोक्सी आरोपमा कुटपिट , एकजना पक्राउ

पछिल्लाे समाचार


महोत्तरी , १२ कात्तिक //
महोत्तरीमा एक महिलासहित दुईजनालाई बोक्सी आरोपमा कुटपिट गरि मलमूत्र खुवाइएको घटना सार्वजनिक भएको छ ।
जिल्लाको औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीय पुरुष र उनका ५५ वर्षीया भाउजूलाई बिहीबार साँझ बोक्सी आरोपमा कुटपीट गरि मलमूत्र खुवाएको पीडितको आरोप रहेको प्रहरीले जनाएको छ ।

साँझ सवा ६ बजेको समयमा स्थानीय केहि महिलाको समूहले दुबैजनालाई कुटपिट गरी मलमूत्र खुवाएको अन्य स्थानीयले बताएका छन्।
घटना लगतै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटेको प्रहरी टोलीले दुबैजनालाई उद्धार गरि स्थानीय स्तरमा उपचारको लागि भर्ना गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न मध्ये एकजनालाई पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन् ।
पीडितले जाहेरी दिएको आधारमा घटनामा संलग्नहरुलाई पक्राउ गरी कारवाहि अगाडी बढाउने उनले बताएका छन्।
पीडित र पक्राउ परेकालाई आज जिल्ला प्रहरी कर्यालय महोत्तरीमा ल्याउन लागिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु