रौतहट ,१६ असोज //
प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जसपाले आन्दोलनको घोषणा गरेको छ ।
शुक्रबार साँझ जसपा प्रदेश २ मधेश कमिटीले एक विज्ञप्ती जारी गर्दै आजदेखि आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत आज साँझ प्रदेश २ को आठवटै जिल्लाको सदरमुकाममा मसाल जुलुस हुने र आइतबार सदरमुकामहरुमा प्रदर्शन गर्ने जसपाले जानकारी दिएको छ।
केन्द्रिय कार्यालयबाट आएको अख्तियारको टोलिले गत बुधबार दिउँसो मुख्यमन्त्री कर्यालयमा छापा मारेको थियो ।
‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत भएको साइकल खरिदको कागजात अख्तियारले लगेको थियो ।प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम “बेटी पढाउ, बेटी बचाउ “कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेको जसपाको आरोप छ ।