Thursday, September 12, 2024

मुम्वइ बाट १२ जना बालक उद्घार

पछिल्लाे समाचार

रौतहट १५ असोज / भारत को मुम्वइ बाट १२ जना नेपाली बालकहरुको शुक्रवार उद्घार गरिएको छ ।
अहिले बिश्वव्यापी रुपमा फैलिएको कोभिड १९को महामारी सँगै बिद्यालयबन्द र घरको आर्थिक अवस्था कमजोर भएका कारण रोजगारी खोज्ने सिलसिलामा भारतको मुम्बइ पुगेका १३ देखि १७ वर्ष उमेर समुहका१२ जना नेपाली बालकहरु भारतको मुम्बइमा बाल कल्याण समिति मुम्बइ, राष्टिय बाल अधिकार परिषद, शक्ति समुह, लगाएतको समन्वय, सहकार्य र संयुक्त पहल मा बालकहरुको उद्वार, स्वदेश फिर्ति गरी शुक्रवार राष्ट्रिय ञ परिषदको सहजीकरणमा पारिवारिक पुर्नमिलन गरिएकोछ ।
स्वदेश फिर्ति गरी पुर्नमिलन गराएका १२ जना बालकहरु मध्ये १० जना रौतहट जिल्ला, १ जना सर्लाही र १ जना महोतरी जिल्लाका रहेका छन ।
बालकहरुको पारीवारिक पुर्नमिलन गराउने क्रममा राष्ट्रिय बालधिकार परिषदमा कार्यरत नमुना भुषालले बालबालिकाहरुको बिषेश हेरचाह गर्ने मुख्य जिम्मेवार परिवारको रहेको बताएका छन ।
बालबालिका खोजतलास केन्द्रमा कार्यरत प्रहरी निरिक्षक रुद्र बहादुर गीरीले बिभिन्न बहानामा हराएका र भेटिएका बालबालिका धेरैजसो रौतहट जिल्लाका रहेका समेत जानकारी गराइएको छ ।
कोभिड १९ को बेलाबिद्यालय बन्दहुनु , बालबालिकाको बिषेश हेरचाह नहुनु जस्ता कारणले हाल धेरै बालबालिकाहरु बालश्रम, मानबबेचबिखन तथा अन्य उत्पिडनको जोखिममा परेका शक्ति समुहका कानुन तथा तालिम संयोजक दिलिप कोइरालाले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु