Sunday, February 9, 2025

मोटरसाइकलमा आगजानी गरेको अभियोगमा एक युवक पक्राउ

पछिल्लाे समाचार


सिरहा , ८ कत्तिक //
सिरहामा मोटरसाइकलमा आगजानी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–१० का ३३ वर्षीय दिपक साह रहेका छन्।
गत असोज २६ गते स्थानिय निर्मलकुमार मण्डलको आफ्नै घर अगाडि सार्वजानिक भवनमा पार्किङ गरी राखेको स ४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजानी गरेको अभियोगमा आइतबार साँझ उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साहले व्यक्तिगत रिसइबीका कारण पेट्रोल छर्केर आगजानी गरेको प्रहरीसामु स्वीकार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

पक्राउ परेको साहमाथि म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु