Friday, May 24, 2024

रातु नदीले बगाएर महोत्तरीका एक वृद्ध बेपत्ता

पछिल्लाे समाचार


महोत्तरी ,६ कात्तिक //
रातु नदीले बगाएर महोत्तरीका एक वृद्ध बेपत्ता भएका छन् ।
शुक्रबार दिउँसो महोत्तरी गाउँपालिका ४ रतबाडा बस्ने ७० वर्षीय मिठु खत्वे मण्डल बेपत्ता भएका हुन् ।
घर देखि एक किलोमिटर पश्चिम टाढा रहेको रातु खोलामा नुहाउने क्रममा बाढीले बगाउँदा मण्डल बेपत्ता भएको महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।
खोलाले बगाउँदा बेपत्ता भएको खबर पाउनसाथ खोजविन गरिरहेको तर अझैसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु