Wednesday, May 22, 2024

राष्ट्रिय जनगणना २०७८ स्थानीय जनगणना कार्यालय सम्पन्न

पछिल्लाे समाचार


प्रेम यादव /
रौतहट , १३ कात्तिक //

राष्ट्रिय जनगणना २०७८ स्थानीय जनगणना कार्यालय सम्पन्न भएको छ।
जनता नमुना माध्यमिक बिद्यालय कटहरियामा जनगणनाको पूर्व तयारिको लागि चार दिने गणक तालिमको समुद्घाटन नगर प्रमुख सियाराम कुशवाहाले गरेका छन् ।
उक्त तालिममा कटहरीया मुकाम अन्तर्गत पर्ने कटहरीया, फतुवा विजयपुर र देवाही गोनाही न.पा.का १०० जना गणकहरु सहभागी भएका थिए ।
तालिम कार्तिक १३ देखि १६ गते सम्म बिहान ९:३० देखि ५ बजे सम्म संचालन हुने कटहरीया न.पा.का जनगणना प्रमुख उपेन्द्र साहले जानकारी दिएका छन् ।
कार्यक्रममा जनगणनाको महत्त्व दर्शाउँदै नगर प्रमुख कुशवाहाले आउनै लागेको तिहार र छठ पर्वको शूभकामना उपस्थित सबैमा समेत व्यक्त गरेका थिए।
सो कार्यक्रममा कटहरीया न.पा. का शिक्षा संयोजक अनिल कुमार निधी,सह संयोजक सुरेन्द्र ठाकुर महेश यादव , प्रशिक्षक दवय योगेन्द्र प्रसाद कुशवाहा , सुरक्षाकर्मी ,सञ्चारकर्मीहरु तथा बुद्धिजीवीहरू को सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु