Friday, January 24, 2025

रौतहटमा आप्रवासी हकहित संजाल गठन

पछिल्लाे समाचार

मुकेश कुमार साह ,रौतहट १६ असोज । रौतहटमा आप्रवासी हकहित संजाल गठन भएको छ । स्थानीय सरकार गौर नगरपालिका, चन्द्रपुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको नेतृत्वमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) को सहजीकरणमा संजाल गठन गरिएको हो । जिल्लामा बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको ठुलो सहभागितामा समिति बनेको हो। पिडित पक्ष् को न्यायको लागि संगठित रुपमा आवाज बुलन्द गर्नका लागि संजालको आवश्यकता परेकोले गठन भएको जानकारी नव गठित समितका अध्यक्ष देवाही गोनाहिका श्री हरि नारायण साहले बताए। जिल्लामा हजारौको संख्यामा युवाहरु बैदेशिक रोजगारीमा रहेको र सयौ ठगिमा परेको, पिडितहरुको न्यायमा पहुच सहज हुन नसेको बर्तमान अबस्थालेनै यो संजालको जन्म दिएको हो साहले अगाडी थपे ।


रौतहटमा बिगत १ बर्ष देखि सुरक्षित आप्रवासन परियोजना संचालनमा रहेको जानकारी दिदै सामीको उदेश्य तथा कार्य क्षेत्रको बारेमा सामी परियोजनाका कार्यक्रम संयोजक डोरेन्द्र बस्नेतले प्रकाश पारेका थिए । बैदेशिक रोजगारीलाई ब्यबस्थि , मर्यादित र सुरक्षित बनाउन, बैदेशिक रोजगारीमा रहेका बेथिति तथा ठगि लगाएतका विकृत हरुलाई नियन्त्रण गर्न साथै पिडित पक्षको न्यायमा पहुचका लागि सधै पैरवी गर्ने उनले बताए। जिल्ला भरि कुनै पनि स्थानमा बैदेशिक रोजगारी संग सम्बन्धित कुनै पनि समस्याहरु छन् भने सामी को आप्रवासी स्रोत केन्द्र गौर ०५५-५२०६६९ र स्रोत केन्द्र चन्द्रपुरको ०५५-५४०१०० मा सम्पर्क गरि आवश्यक सेवा लिन पनि अनुरोध गर्नु भयो। जिल्ला का सबै स्थानीय तहहरुमा संजाल गठन लाइ बिस्तार गर्ने योजाना रहेकोले नव गठित समितिका सदस्य हरुको क्षमता बिकासमा पनि सामीले आबस्यक सहयोग गर्दैजाने पनि उनले जानकारी गराए। हाल सामी परियोजना माण्डवी नामक एक गैर सरकारी संस्थाको सहजीकरणमा संचालनमा रहेको छ |

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु