रौतहट २१ असोज / बाघ को आक्रमण बाट बिहिवार बिहान रौतहटमा एक व्यक्ती घाइते भएका छन ।
चन्द्रपुर ६ का यज्ञ बहादुर रायमाझी लाई बाघले लमाहा पुल पारी कालिखोला नजिकै पुर्व पश्चिम राजमार्ग मा आक्रमण गरेको हो ।
साईकलमा घाँस दाउरा लिन जाँदै गर्दा बाघ देखिएको र भाग्न खोज्दा पछाडी बाट आक्रमण गरेको घाइते रायमाझीले बताए ।
उनको दुवै हातमा चोट लागेको छ ।
उनीहरु ७ जनाको समुहमा घाँस दाउरा लिन जंगल गएका थिए ।
बाघले आक्रमण गरेपछि आफू सग भएको बन्चरोले बाघ लाई हानेर भाग्न सफल भएको सभिल हस्पिटल चन्द्रपुरमा उपचार गराइरहेका घाइते ले बताएका छन ।
एकबर्ष अघि देखि शुरु गरीएको बाघ गणनामा रौतहटको जंगलमा ४ वटा बयस्क बाघ रहेको फेला परेको थियो ।
रौतहटमा धनसर खोला पूर्व, वाग्मती खोला पश्चिमको वन क्षेत्रको गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर लगाएतका स्थानमा १७ जोर क्यामेरा जडान गरिएकाे थियो ।
केही महिना अघि रौतहटको चन्द्रपुर ६ का एकयुवक बाघको आक्रमणबाट मारीएका थिए भने जिल्लामा पछिल्लो समय बाघले आक्रमण गर्दा ४ जना घाइते भैसकेका छन ।