Wednesday, February 18, 2026

वडाध्यक्षसहित दुईजना घुससहित अख्तियारको नियन्त्रणमा

पछिल्लाे समाचार


महोत्तरी ,२५ असोज //
महोत्तरीका एक वडाध्यक्षसहित दुईजनालाई १० हजार रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ।

आइतबार जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर –५ का वडाध्यक्ष रामबहादुर महतो र वडा कार्यालयका सहायक कम्प्युटर अपरेटर अब्दुल राइनलाइ १० हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको हो।

जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत १० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलिले वडाध्यक्ष महतो र कम्प्युटर अपरेटर राइनलाई रँगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
दुबैजनामाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु