पर्सा ,१३ कात्तिक //
जाडो मौसम शुरु हुन लागेसंगै वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गर्ने भएको छ ।
महानगरको सरसफाइ व्यवस्थापन शाखा प्रमुख अधिकृत सर्फुदिन मियाँले कात्तिक १४ गतेदेखि मंसिर १० गतेसम्म ऐयर स्प्रे गर्ने तालिका सार्वजनिक गरेका छन् ।
साँझ ५ बजेदेखि एयर स्प्रे गर्ने महानगरपालिकाले जनाएको छ ।
डिजलमा मालाथिन मिसाएर स्प्रे गर्ने गरिएको छ ।
लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिकाले वर्षमा दुईपटक औषधि छर्ने गरेको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिएका छन् ।
लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन महानगरका ३२ वटै वडामा ‘एयर स्प्रे’ गर्न लागिएको उनले बताएका छन्।