रौतहट,२४ असोज //
रौतहट र सर्लाहीका सात जना सञ्चारकर्मीलाई शिक्षा सम्मान २०७८ बाट सम्मानित गरिएको छ।
सर्लाहीको गोडैता नगरपालिकामा नेपाली र बज्जिका भाषामा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका दुई जिल्लाका सात सञ्चारकर्मीलाई सम्मानित गरिएको हो।
प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले एक समारोहबीच शिक्षा सम्मान २०७८ बाट सात जना सञ्चारकर्मीलाई सम्मानित गरेका हुन्।
गोडैता नगरपालिका ५ रामवनस्थित श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयका छात्राहरुलाई साइकल वितरण गर्ने कार्यक्रमको अवसरमा सर्लाहीका टंक क्षेत्री, राधेश्याम कुशवाहा, विश्वनाथ ठाकुर, सन्तोष सिंह र वन्दना झालाई सम्मानित गरिएको हो।
यस्तै बज्जिका भाषाको पत्रकारिता मार्फत शिक्षा क्षेत्रमा योगदान दिएका रौतहटका सञ्जय साह (मित्र )र राजुकुमार श्रीवास्तवलाई शिक्षा सम्मान २०७८ बाट सम्मानित गरिएको हो।
कार्यक्रममा प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद कुशवाहा, गौडैता नगर प्रमुख देवेन्द्रप्रसाद यादव, बरहथवा नगर प्रमुख देवानन्द महतो, धनकौल गाउँपालिका अध्यक्ष रामअश्रे साह, शिक्षा विकास समन्वय इकाई सर्लाही प्रमुख रामअधार सिंह कुशवाहा तथा विद्यालयका संस्थापक एवम् बज्जिका अभियन्ता रामचन्द्र महतो कुशवाहा लगाएतको सहभागिता रहेको थियो।