रौतहट ,१६ असोज //
श्री कृष्ण प्रणामि युवा परिषद नेपाल प्रारम्भिक समितिद्वारा चन्द्रपुर नगरपालिकामा रहेको सरकारी अस्पताल सरसफाइ गरिएको छ।
शनिबार प्रारम्भिक समितिको अध्यक्ष जनक प्रसाद तिमल्सिनाको सभापतित्वमा सो सरसफाई कार्यक्रम गरिएको हो।
कार्यक्रममा प्रदेश सांसद धनलाल ठोक्कर ,चन्द्रपुरका नगर प्रमुख रामचन्द्र चौधरी ,वडा नम्वर ४ का अध्यक्ष अमर आले ,युवा परिषदका केन्द्रिय सदस्य शंकर अधिकारि लगाएतको उपस्थिति रहेको थियो।
यस संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको प्रारम्भिक समिति को सह सचिव राजकुमार तिमल्सिनाले जानकारी दिएका छन्।