Wednesday, May 22, 2024

संकल्प साकोसको १३ ओ साधारण सभा सम्पन्न

पछिल्लाे समाचार

रौतहट २४ असोज /
संकल्प साकोसको असोज १६ देखि २३ गते संचालित १३ औ बार्षिक साधारणसभा समापन भएको छ ।
शनिवार भएको कार्यक्रममा चन्द्रपुर न पा का मेयर रामचन्द्र चौधरीको प्रमुख आतिथ्यता तथा चन्द्रपुर न पा का उपमेयर रामरती चौधरी को बिशिष्ट आतिथ्यता , रौतहट बचत संघकि अध्यक्ष देबकी नेपाल ,नवविकासका अध्यक्ष देब ब सापकोटा ,गुन्जन सुचना तथा संचार सहकारीका सन्जय कार्की ,हातेमालो साकोसका अध्यक्ष बिरु राना मगर,बिन्दबासिनी साकोसका संचालक कवि काफ्ले ,राष्ट्रिय सहकारी बैंक चपुर शाखाका प्रमुख रोशन कार्की ,चन्द्रपुर न पा सहकारी फांटका कर्मचारी शेख नसरे आलम, संकल्प साकेस सस्थाका सस्थापक अध्यक्ष गणेश पौडेल लगाएतको आतिथ्यतामा सस्थाका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा सम्पन्न सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य सस्थाका सचीव कुल बहादुर थापा तथा कार्यक्रमको सन्चालन सहसचिव चिरञ्जीवी गौतमले गरेका थिए ।
संस्थाको समग्र अवस्थाका बारेमा संचालक समितिको तर्फबाट अध्यक्ष बिभु पोखरेलले प्रतिबेदन प्रस्तुत गरेका छन ।
असोज १० गते देखी सुरु भएको निर्वाचन प्रक्रियामा निर्बिरोध निर्वाचित हुनु हुने उम्मेदवारको घोषणा तथा सपथग्रहण निर्वाचन समितिका संयोजक शम्भु हुमागाइले गरेका छन ।
कार्यक्रममा संचालक समिती ,लेखा तथा सुपरिवेक्षण समिति ,सल्लाहकार समिती,विभिन्न उप समिति ,पुर्व समिती लगायत सस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
अध्यक्षमा बिभु पोखरेल ,उपाध्यक्षमा कृष्ण चन्द्र पोखरेल ,सचिब मा कुल ब थापा ,कोषाध्यक्ष मा बलराम प्रसाद गौतम ,सहसचिव मा चिरञ्जीवी गौतम ,सदस्यहरुमा भरत प्र अधिकारी,निलहरी कोइराला, एकनाथ चौलागाईं, अबधेशहरी भट्टराई , गोमा चौलागाईं ,शारदा भण्डारी ,गृष्मा सापकोटा ,बिदुर न्यौपाने ,दिपक भण्डारी ,राजकिशोर गुप्ता चयन भएका छन ।
यस्तै लेखा तथा सुपरिवेक्षण समितिमा गणेश पौडेल संयोजक मा ,बेदनाथ हुमागाई तथा रामचन्द्र तिमल्सिना सदस्यमा निर्बाचित भएका छन ।
कार्यक्रम सम्पन्नगर्न सहयोग गर्नु हुने ब्यबस्थापनको टिम तथा सम्पुर्ण सहयोगीहरुलाइ संस्थाका अध्यक्ष बिभु पोखरेल ले धन्यवाद ज्ञापन गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु