Saturday, March 2, 2024

सरकारले विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले वितरण गर्ने

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


रौतहट , १० कत्तिक //
कोभिड प्रभावित विपन्न परिवारलाई सरकारले १० हजार रुपैयाँका दरले वितरण गर्ने भएको छ।

अर्थ मन्त्रालयले तयार गरेको कार्यविधिलाई हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।
चालू आर्थिक वर्ष २०७८ / ७९ को अध्यादेश बजेटलाई प्रस्थापन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको नयाँ बजेटमा गरीब घरपरिवारलाई रू ५ अर्ब वितरण गर्ने कार्यक्रम राखीएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले यसका लागि कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पेश गरेका थिए ।

गरीब घरपरिवार कस्तालाई भन्ने, त्यसको यकिन तथ्यांकबारे कार्यविधिले स्पष्ट पार्न नसक्दा मन्त्रिपरिषद्ले त्यससम्बन्धी कार्यविधिलाई स्वीकृत दिन आनाकानी गरिरहेको थियो ।
अहिले परिमार्जन सहित कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु