Wednesday, February 18, 2026

सर्लाहीमा ५ दिने निशुल्क आँखा शिविर सम्पन्न

पछिल्लाे समाचार


सर्लाही , १३ कात्तिक //
सर्लाहीमा ५ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १ लायन्स क्लव अफ बाग्मति पौराईको आयोजनामा गत कार्तिक ७ गते देखि ११ गते सम्म सर्लाही र रौतहट दुवै जिल्लाका बिरामीलाई सहज हुनेगरी मोतियाबिन्दुको निशुल्क अप्रेशन सहितको आखा शिविर सम्पन्न भएको हो।


लायन्स क्लव अफ बाग्मति पौराईको अध्यक्ष गौतम खड्काका अनुसार सर्लाहीको बाग्मती नगरपालिका वडा नम्बर १२ कर्मैया स्थित स्वास्थ्य चौकिमा सम्पन्न शिविरमा १३ सय ८५ जनाको चेकजाच गर्दा २ सय ९८ जनाको मोतियाबिन्दुको निशुल्क अप्रेशन गरिएको हो।


सो कार्यक्रममा बाग्मती नगरपालिका कार्यालय सर्लाहीका प्रमुख मेयर भरत थापा लगायत बिभिन्न जिल्लाबाट आएका लायन्स क्लवका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु