Saturday, April 26, 2025

सिकार खेलिरहेको अवस्थामा ३ जना पक्राउ

पछिल्लाे समाचार


रौतहट ,७ कत्तिक //
रौतहटको जंगलमा सिकार खेलिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नं– ५ लक्ष्मीपुर दोस्तीया बस्ने २२ वर्षीय शेराज मियाँ दर्जी, सोही ठाउँका १८ वर्षीय कलाम मन्सुरी र २२ वर्षिय मौजाहिर मन्सुरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक अधिकृत बैजनाथ मण्डलले बताएका छन् ।
शनिबार जिल्लाको रंगपुर साझेदारी वन अन्तर्गत जंगलमा गरुड जस्तै देखिने पानीमा बस्ने माईग्रेड नामक चरा १४ वटा घाँटी रेटेर मारिएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
रँगपुर साझेदारी वन कार्यालय र चन्द्रपुर वन डिभिजन कार्यालयका वन कर्मचारीहरु ले उनिहरुलाई एक थान चक्कु, १५ मिटर डोरी र ३ थान साईकलसहित पक्राउ गरिएको मण्डलले बताएका छन्।

घाँटी रेटेर मारिएको उक्त वन्यजन्तु (माईग्रेड नामक चरा) डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा ल्याएर नष्ट गरिएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधि, वन कर्मचारी, चन्द्रपुर पुशु सेवा शाखाका प्रतिनिधि, जनप्रतिनिधि र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

यता पक्राउ परेका तिनै जना माथि वन्यजन्तु अपराध सम्बन्धि मुद्दा चलाइने डिभिजन वन कार्यालयका निमित्त प्रमुख अमरदेव यादवले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु