Monday, June 24, 2024

सिरहामा सरकारी गाडीको चरम दुरुपयोग

पछिल्लाे समाचार


सिरहा ,२ कार्तिक //

सिरहामा एकजना कर्मचारीका छोरालाई स्थानीयले सरकारी गाडीसहित नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका छन्।
मिर्चैया नगरपालिकाको स्थास्थ्य शाखाका उपप्रमुख विजय महतोका छोरालाई सेतो नम्बर प्लेटका गाडीसहित नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन्।
नगरपालिकाको प्रदेश २ ०१ ००१ब ०२१२ नम्बरको उपप्रमुख महतो चढ्ने मोटरसाइकलमा सोमबार बेलुकी स्थानीयले उनका छोरालाई गुडिरहेको देखेपछि कटारी चोकमा उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरी त्यहीँ भएपनि गाडी नियन्त्रणमा लिन चाँसो नलिएपछि स्थानीयले दवाव दिएपछि मात्रै प्रहरीले गाडी नियन्त्रणमा स्थानीयहरुले बताएका छन्।
गाडी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु