Friday, June 21, 2024

सुरक्षित आवासको माग गर्दै पालिका घेराउ

पछिल्लाे समाचार

रौतहट १५ असोज / सुरक्षित आवासको मागगर्दै रौतहटको पालिकाहरुमा घेराउ तथा प्रदर्शन गरिएको छ ।
शुक्रवार रौतहटका विभिन्न पालिका कार्यालयहरु दलित आवास निर्माण संघर्ष समितीको घेराउ गरेको हो ।
सुरक्षित आवासको रक़म माग गर्दै हजारौ गरिब दलित समुदायले प्रदर्शन गर्नुको साथै कार्यालय घेराउ समेत गरेकाछन ।
सुरक्षित आवास कार्यक्रम अन्तर्गत घर मर्मत एवं निर्माणको लागि करिव ३ वर्ष देखि स्थानीय तहमा करोडौ रक़म आईरहे पनि पीडितहरु अहिले सम्म लाभ लिन नसकेको गुनासो छ ।
स्थानीय सरकार मातहत रहेको ‘सुरक्षित आवास कार्यक्रम’मा भईरहेको चरम लापरवाही एवं भ्रष्टाचारले गर्दा करोडौ रक़म फ्रिज एवं दुरुपयोग भएको आरोप समेत पिडितहरुले लगाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु