Thursday, June 13, 2024

स्कारपीओको ठक्करबाट घाइते भएका बालकको मृत्यु

पछिल्लाे समाचार


सप्तरी,२४ असोज //
सप्तरीमा स्कारपीओको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ का तुलसी चौधरीको १० वर्षीय छोरा सुशिल चौधरी रहेका छन्।

गत सोमवार पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–६ मा पश्चिमतर्फ गइरहेको ना २ च ३७५४ नम्वरको स्कारपीओले बालकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा बालकको अवस्थामा सुधार नआउने भन्दै चिकित्सकले जवाफ दिएपछि घर ल्याउने क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

ठक्कर दिने स्कारपीओ प्रहरी नियन्त्रणमा र घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको काफ्लेले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु