Monday, June 24, 2024

स्रोत नखुलेको अवैध रकमसहित पर्साबाट तीन जना पक्राउ

पछिल्लाे समाचार


पर्सा ,१६ असोज //
स्रोत नखुलेको अवैध रकमसहित पर्साबाट दुई भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल, थाना कंगेली १ वसन्तपु बस्ने २५ वर्षीय विक्रम पटेल र पर्साको धोविनी गाउँपालिका ३ हरिहरपुर निवासी २३ वर्षीय बलिराम पटेल रहेका छन्।
हुण्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी कार्यायबाट खटिएको टोलीले वीरगञ्ज २५ सिर्सियाँ छोटी भन्सार अगाडिबाट १५ लाख ५० हजार रुपैयाँसहित तीनै जनालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताएका छन्।
ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले लगाएको हेल्मेटभित्रबाट सो रकम बरामद गरिएको खनालले जानकारी दिएका छन्।
उनीहरुमाथि यसबारे थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु