Wednesday, May 22, 2024

स्वतन्त्र विद्यार्थी युनियनले गर्यो जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी

पछिल्लाे समाचार


रौतहट ,३ कार्तिक //
स्वतन्त्र विद्यार्थी युनियनले चन्द्रपुर ६ स्थित जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्।

क्याम्पस व्यवस्थापन समितिले कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजेको भन्दै त्यसको विरुद्धमा तालाबन्दी गरिएको युनियनले जनाएको छ ।
बुधबार युनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्थापन समितिले बहुमतको आडमा मनोमानी निर्णय गर्दै क्याम्पसमा प्रशासन सहायक पद खडा गरी आफ्ना कार्यकर्ता भर्ती गर्न खोजेको उपसभापति गोपाल हुमागाईद्वारा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।


हुमागाईका अनुसार यस अघि पनि स्वतन्त्र विद्यार्थी युनियनले सो कार्य बन्द गर्न ज्ञापन पत्र समेत बुझाएकोमा सो ज्ञापन पत्रको वेवास्था गरी एकलौटी रूपमा विद्यार्थीको मागका विरुद्ध व्यवस्थापन समिति लागेपछि तालाबन्दी गर्नु पर्ने अवस्था आएको हो।
युनियनले हाल क्याम्पस प्रमुख र प्रशासन कक्षमा ताला बन्दी गरेको र मागको सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
जन ज्योति बहुमुखी क्याम्पसले मंगलबार क्याम्पस प्रशासन सहायक पदमा विज्ञापन खुलाएको थियो ।

विवादमा रहेको उक्त पदमा दशैं बित्न नपाउँदै समितिले विज्ञापन खुलाएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु