Thursday, September 12, 2024

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,२५ कात्तिक //
छठ पर्वको आज अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ ।बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ दिएपछि छठ सम्पन्न भएको हो।
पाँचदिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो भने आज (बिहीबार) अस्ताउँदो सूर्यलाई अर्घ दिइएको हो ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले आदि देव सूर्य अर्थात दिनानाथको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्वक मनाइन्छ ।

छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।पाँच दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले माछमरुवा बारेका थिए भने दोश्रो दिन नुहाएर अरबा अरबाईन भोजन गरेका थिए।
तेश्रो दिन खरना, चौथो दिन अस्ताउँदो सूर्य र पाँचौदिन उदाउँदो सूर्यको अर्घ्य दिइन्छ। उदाउँदो सूर्यलाई अर्घ दिने आजको दिनलाई पारन भनिन्छ ।
मिथिलाञ्चलमा अर्घ दिइएका छठ पूजाको सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने प्रचलन रहेको छ ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।तराई मधेसका बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो समय पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु