Wednesday, May 22, 2024

छठपुजाको लागि डाबरीमा सरसफाई

पछिल्लाे समाचार


रौतहट , २२ कात्तिक //
चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित रहेको पर्यटकीय स्थल डाबरीमा सरसफाई गरिएको छ।
सोमबार बिहान चन्द्रपुरको जनज्योति बहुमुखी क्याम्पस देखि डावरि पिकनिक स्पोट सम्म सरसफाइ गरिएको हो।
सोहि वडाका वडा अध्यक्ष खडग बहादुर कुश्वारको अगुवाइमा छठ पर्व मनाउने श्रद्धालु भक्तजनलाई पानीको श्रोत रहेको डाबरीमा सरसफाई गरिएको हो
डाबरी सम्मको बाटो स्थानीयको सहयोगमा सरसफाई गरिएको वडा अध्यक्ष कुशुवारले बताएका छन् । डाबरीमा रहेको जरुवापानी नजिक रहेको पानी पोखरीमा समेत सरसफाई गरिएको उनले बताए।
उनका अनुसार सरसफाई गरी व्रतालु भक्तजनको लागि स्थान समेत मिलाइएको छ। सडक सरसफाई
कार्यक्रममा स्थानिय, जनप्रतिनिधि तथा प्रहरीको सहभागीता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु