सर्लाही , १० मङ्सिर //
सर्लाही प्रहरीले ठगी मुद्दामा फरार भएका एक प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका वडा नं. १७ रानिगंजका ३५ वर्षीय जनक पौडेल रहेका छन्।
पौडेललाई शुक्रवार दिउँसो करिब साढे १२ बजे रानिगंजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
ठगी मुद्दामा पौडेललाई पक्राउ गर्न सिन्धुली जिल्ला अदालतले गत पुस १७ गते पक्राउ पुर्जी जारी गरेको थियो ।


