महोत्तरी , १० मङ्सिर //
महोत्तरीमा वाइफाइ चलाउन भर्याङमा चढेका युवकको लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. १ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत बलवा नगरपालिका वडा नं. १ का १८ वर्षीय सन्दीप महतो रहेका छन्।
विद्यालयको भर्याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएका थिए।
गम्भीर घाइते भएका महतोलाई उपचारको लागि जनकपुरधामस्थित काव्या अस्पतालमा लैजाँदा त्यंहा सुधार नभएपछि थप उपचारको लागि सिरहाको कर्जनहामा अवस्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताएका छन् ।


