रौतहट , १५ कात्तिक //
हिन्दुहरुको दोस्रो महान पर्व तिहार नजिकिएसँगै भाइमसलाको मूल्य आकाशिएको छ। काजु, किसमिस, बदाम, ओखरमा धेरै मूल्य वृद्धि भएको वाणिज्य संघका वाणिज्य तथा आपूर्ति विभागले जनाएको छ ।
विभागका अनुसार बजारमा छोकडाको अभाव रहेको छ ।
काजुको मूल्य होलसेलमै एक किलोको १५ सय रुपैयाँ पुगेको छ ।
होलसेलमै किसमिस प्रतिकिलो ४२५ रुपैयाँ, सुकमेल प्रतिकिलो २९ सय रुपैयाँ, ल्वाङ प्रतिकिलो १२ सय ८० रुपैयाँ, पेस्ता प्रतिकिलो १६ सय ६० रुपैयाँ, बदाम प्रतिकिलो १ हजार ७५ रुपैयाँ, ओखर प्रतिकिलो ५२५ रुपैयाँ र छोकडा १७५ रुपैयाँ पुगेको छ ।
खुद्रा व्यापारीले यो मूल्यमा १० प्रतिशत जोडेर बेच्ने भएकाले उपभोक्ता महँगीको मारमा पर्ने भएका हुन् ।