Thursday, June 13, 2024

पुर्वमन्त्री तथा एमाले नेता साह द्वारा धन्सार जंगलसैया सडकको प्रवेश द्वार उद्धाटन

पछिल्लाे समाचार

रौतहट २१ कार्तिक / नेकपा एमालेका नेता तथा पुर्वमन्त्री प्रभु साहले पुर्व पश्चिम्म राजमार्ग अन्तर्गत निजगढ चन्द्रनिगाहपुर सडक खण्डको धन्सार नजिक रहेको नव निर्मित धन्सार जंगलसहिया कटहरिया गेटको उदघाटन गरेका छन ।
एक कार्यक्रमका बीच नेता साहले धन्सार जंगलसहिया कटहरिया गेटको उदघाटन गरेका हुन ।
नेता साहको संसदिय विकास कोषको रकम ३५ लाख र जन श्रमदान सहित कुल ४६ लाखको लागतमा उक्त गेटको निर्माण भएको निर्माण समितिका अध्यक्ष पलट चौधरीले जानकारी दिए ।
उदघाटन कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा निवर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहा,कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुश्वाहा,गुजरा नपाका मेयरका उम्मेद्वार पलट चौधरी,देवाही गोनाहिकी उपमेयर परनिया पटेल ,आईटी आर्मी रौतहटका जिल्ला अध्यक्ष नरेश साह लगायतको एमालेका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
पुर्वमन्त्री साहले आफनो नेतृत्व र आम जनता, जनप्रतिनिधि तथा अन्य केहि व्यक्ति एवं संस्थाको सहयोग र सहभागितामा करीव १४ किलो मिटर नयाँ सडक बजेट बिनानै निर्माण गरिएको र पछि ठेक्का कार्य समेत सम्पन्न भैईसकेकोले चाडै नै कालोपत्रे निर्माण शुरु हुने समेत जानकारी दिए ।
सो सडक बनेपछि गुजरा, कटहरीया , फतुवा बिजयपुर लगाएतका नगरपालिका को बासिन्दा लाई राष्टिय राजमार्ग मा आउजाउ गर्न छोटो दुरी भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु