महोत्तरी , २६ कात्तिक//
बर्दिबासको एक होटेलबाट जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार दिउँसो १ बजेको समयमा बर्दिवास नगरपालिका १ स्थित बर्दिवास सेवा केन्द्रको भवन नजिकै रहेको न्यौपाने खाजा घर भित्र अबैध रुपमा जुवा तास खेली रहेका १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका १ बस्ने ४० वर्षीय दिपक शर्मा, ३५ वर्षीय नवराज तिमल्सिना, ४२ वर्षीय प्रकाश न्यौपाने, २४ वर्षीय सुरज खड्का, ३७ वर्षीय दिपक न्यौपाने रहेका छन् ।
यस्तै बर्दिबास नगरपालिका ३ बस्ने ३९ वर्षीय धन बहादुर वाईबा, ४० वर्षीय डोरमणी ढकाल, २७ वर्षीय राजिव थापा, २४ वर्षीय सुजन आचार्य र सिन्धुलीको तिनपाटन नगरपालिका ३ बस्ने ३७ वर्षीय टिका हायू रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट ५४ हजार पांच सय पन्ध्र रुपैंया नगद, एक गड्डी तास र एक थान गलैचा बरामद गरि अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।


