Thursday, April 30, 2026

अवैध लागुऔषध गाँजासहित रौतहटबाट दुई जना पक्राउ

पछिल्लाे समाचार


रौतहट , २६ कात्तिक //
रौतहटबाट अवैध लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मकवानपुरको थाहा नगरपालिका १२ घर भएका २५ वर्षीय सिकिन्द्र गोले र सोही वडा घर भएका १९ बर्षिय रित्तम तामाङ रहेका छन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले शुक्रबार बिहान साढे ९ बजेको समयमा गौर नगरपालिका वडा नम्वर ४ स्थित शिवांगी पेट्रोल पम्पको उत्तर तर्फ पार्किंग गरी राखिएको ना ८ ख ५९४३ नम्वरको मिनी ट्रक चेकजाँच गर्ने क्रममा ट्रकको चेचिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले वेरेको १२ वटा पोकामा एक सय ८६ किलो गाँजा बरामद गरिएको हो।

बरामद गाँजासहित पक्राउ परेको ट्रक सहित उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु