Sunday, May 26, 2024

बिपन्न परिवारलाइ छठ मनाउन नगद तथा समान सहयोग

पछिल्लाे समाचार

रौतहट २१ कार्तिक / गरुडाका समाजसेवी तथा राजनीतिमा सकृय कन्थमनी प्रसाद जयसवालले विगत केही दिनदेखी गरुडा नगरपालिकाको टोल टोल गाउँ पुगेर छठ पर्व मनाउने दलित, गरिव एवं विपन्न परिवारका ब्रतालुहरुलाई दउरा, सुपली, साडी र नगद सहयोग गरेका छन ।
समाजसेवी जयसवालले आफनाे निजी खर्चमा गरुडा नगरपालिकाको विभिन्न वडामा करिव ७ लाख भन्दा बढी रुपैयाको दउरा, सुपली, साडी, छठ पुजाको विभिन्न सामाग्री र नगद सहयोग गरिसकेका छन ।
हाल सम्म करिव ९ सय भन्दा बढी परिवारलाई सहयोग गरिसकेकाे उनले बताए ।
आइतवार गरुडा नगरपालिका वडा नं ९ को श्रीपुर, नरकटिया र नयाँ गम्हरीया टोलमा सयौं परिवारलाई दउरा, सुपली, साडी, पुजाका सामाग्री वितरण गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु