Tuesday, September 17, 2024

भाइटीकाको उत्तम साइत कात्तिक २० गते ११ः०२ बजे

पछिल्लाे समाचार


रौतहट , १५ कात्तिक //
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसपालिको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।
२० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन्।
सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्ने उनको सुझाव छ।

उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उनले बताए । शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका लगाउनुपर्छ । यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ ।
यसपालिको तिहार १६ गतेदेखि सुरु हुँदैछ ।
यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु