Sunday, May 26, 2024

मन्त्री साहद्वारा छठ ब्रतालु महिलाहरुलाई साडी तथा पैसा वितरण

पछिल्लाे समाचार


सप्तरी , २३ कात्तिक //
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले हिन्दुहरुको महान पर्व छठको अवसरमा छठ ब्रतालु महिलाहरुलाई साडी तथा पूजा सामग्रीका लागि रकम वितरण गरेका छन्।
उनले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० का छठ ब्रतालुहरुलाई साडी र पूजा सामग्री किनमेल गर्न रकम वितरण गरेका हुन् ।
मन्त्री साहले एक सय १० जना ब्रतालु महिलाहरुलाई उक्त सामग्री वितरण गरेका हुन् ।
स्थानीय रामलखन मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेता देवेन्द्र झा,जसपा क्षेत्रिय अध्यक्ष रामचन्द्र साह, जसपा प्रदेश समिति सदस्य दिनेश यादव लगायतका सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु