रौतहट , १७ कात्तिक //
राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव रहेको पूर्वमन्त्री प्रभु साहले बताएका छन् ।
उनले बुधबार कटहरिया बजारको सरसफाइपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
नेता साहले आफैभित्र रहेको राजनीतिक फोहोर नहटेसम्म सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा नहुने धारण राखेका थिए। उनले देशमा दूषित राजनीति, कुशासन र ब्यापक भ्रष्टाचार बढेको बताउँदै राजनीतिक भागबन्डाको अन्त हुनुपर्ने बताए ।
स्थानीय व्यापारी, राजनीतिकर्मी, कर्मचारी र जनता सबै मिलेर समृद्धिका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए ।