Tuesday, April 22, 2025

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु

पछिल्लाे समाचार


रौतहट , १६ कात्तिक //

रौतहटमा आफैले चलाएको मोटरसाइकल पुलमा ठोकिदा एक प्रहरी जवानको मृत्यु भएको छ ।सर्लाहीको धनकौल वैरिया बस्ने ३३ वर्षीय रामनिवास यादवको मृत्यु भएको हो।
गएराती गढीमाई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा मोटरसाइकल ठोक्किदाँ उनको मृत्यु भएको गरुडा प्रहरीले जनाएको छ। दुर्घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीको नेतृत्वका ईलाका प्रहरी कार्यालय पिपरा रजबाडा सहितको टोली घटनास्थल पुगेको थियो ।

मृतक प्रहरी जवान यादवको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर ल्याएको र घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यादव दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु