Friday, July 19, 2024

लक्ष्मीपूजा गर्न बालिएको दियोबाट ट्याक्टर सोरुममा आगलागी ,लाखौको क्षेती

पछिल्लाे समाचार


सर्लाही , १९ कात्तिक //
सर्लाहीको बयलवासमा लक्ष्मीपूजा गर्न बालिएको दियोबाट ट्याक्टर सोरुम रहेको एक घरमा आगलागी हुँदा लाखौँको क्षेती भएको छ ।
गएराती १ बजेतिर ईश्वरपुर नगरपालिका–७, बयलवास बजारस्थित ब्रहमबाबा चौकमा रहेको श्याम मैनालीको घरमा आगलागी भएको हो ।
आगलागीबाट मैनालीको काठ र टायलले छाएको दुई तले घर पूर्णरुपमा जलेको छ। सोही घरको तल्लो तलामा कोठा भाडा लिई मिथिलेस महतोले संचालन गरेको मिनाक्षी टेडर्स ट्याक्टरको सोरुममा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक विवरण अनुसार आगलागीबाट घर र ट्याक्टर सोरुममा गरी करिव ५५ लाख रुपियाँ बराबरको क्षति भएको पाइएको बयलवासस्थित ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिएका छन् ।
उनका अनुसार, स्थानीयवासी, प्रहरी र हरिवन तथा मलङ्गवा नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
यसैबीच, सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा विद्युत् सर्ट भएर एक घरमा आगलागी भएको छ ।
बिहिवार राती साँढे ९ बजेतिर ब्रह्मपुरी गाउँपालिका–३, भेल्हीका विनोद मुखियाको घरमा आगलागी भएको हो । आगलागीबाट नगद, अन्नपात, कपडा लगायतका सामग्री जल्दा एक लाख ३५ हजार बराबरको क्षति भएको सर्लाही प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु