Wednesday, June 18, 2025

सरकारी गाडीको चरम दुरुपयोग ,गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी प्रहरीको नियन्त्रणमा

पछिल्लाे समाचार


सिरहा , २६ कात्तिक //
सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग गरेको भन्दै जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
छठ पर्वको दिन अध्यक्षका आफन्त र कार्यकर्ता चढेर रातको समयमा घुमिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिले नै बा २ झ ३६४३ नम्बरको गाडी नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन् ।

विष्णुपुरका एक वडाध्यक्षले रातको समयमा बाटोमा दुई तीन पटक गाडी दौडाएपछि आफूहरुले रोकेर हेर्दा पालिकाको कुनै कर्मचारी र जनप्रतिनिधि, ड्राईभरसमेत नदेखेपछि प्रहरीलाई खबर गरेर जिम्मा लगाएको बताइएको छ
उक्त गाडी जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी सुवास बुढाथोकीले बताएका छन् ।
इलाका प्रहरी कार्यालय विष्णुपुरमा राखिएको उक्त गाडी त्यहाँ राख्न सुरक्षित नहुने देखेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले जानकारी दिएका छन् ।
यता गाउँपालिका अध्यक्ष जागेश्वर यादवले उक्त गाडी वडाअध्यक्ष कपिलदेव यादवले छठ घाटमा घुम्न जान्छु भनेर लगेको बताएका छन् । उनले आफुसँग जसले गाडी लगेको उसैले ल्याउने आफु नजाने बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु