Wednesday, May 22, 2024

सर्लाहीको विभिन्न स्थानबाट पटाका बरामद

पछिल्लाे समाचार


सर्लाही , १५ कात्तिक //
तिहार नजिकिए सँगै सर्लाहीको विभिन्न स्थानबाट पटाका जन्य सामग्री बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र सो मातहतको कार्यालयबाट ५२ हजार बराबरको पटाका बरामद गरेको हो।

तिहार तथा छठ नजिकिएसँगै प्रत्येक वर्ष जिल्लाको विभिन्न स्थानबाट पटाका बरामद गर्दै आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।
चाडपर्वलाई लक्षित गर्दै सर्लाही प्रहरीले जिल्लाको विभिन्न स्थानहरुमा सुरक्षा व्यवस्था कडा गरिएको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु